कुमार खड्का
पाँचथर- सुख्खा क्षेत्र कुम्मायक गाउँपालिकाको लाईफ लाईनको रुपमा रहेको तमोर पम्पिङ खानेपानीको ईन्टेक (मुहान) छेउमा अबैध उत्खन्न गरिएको छ। कुम्मायक र तेह्रथुम जोड्ने लम्बुघाटमा निर्माणधिन मोटरेवल पुलमा प्रयोग गर्नका लागि ढुङ्गा र गिटि खानेपानी मुहानमा असर पर्ने गरि अबैध उत्खन्न गरिएको हो।
कानुनीरुपमा एउटा आयोजनाको ५ सय मिटर देखि १ किलो मिटर सम्मको आसपासमा आयोजनालाई असर पर्ने उत्खन्नका काम गर्न पाईदैन, तर पुल निर्माण गरिरहेको स्वच्छन्द निर्माण सेवाले कुम्मायकका नागरिकको प्राणको रुपमा रहेको खानेपानीको ईन्टेक (मुहान) मा असर पर्ने गरि उत्खन्न गरेको छ। निर्माण कम्पनीले उत्खन्न गरेको क्षेत्र देखि नदिले धार परिर्वतन गरेर खानेपानीको मुहानमा क्षति प¥याउने प्राबिधिकहरुको भनाई छ । ईन्टेक (मुहान) छेउमा ढुङ्गा फुटाउनको लागि ब्रेकर प्रयोग गरिएपछि अहिले पानी तान्ने एउटा पम्पमा समस्या आएको छ ।
यसैबिच शनिवार कुम्मायक गाउँपालिका अध्यक्ष बम प्रसाद लावती, पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, कुम्मायक गापा उपाध्यक्ष महेन्द्र बहादुर खड्का लगायतको टोलीले उत्खन्न भएको क्षेत्रको अनुगमन पनि गरेको छ। अनुगमनका क्रममा खानेपानी मुहान क्षेत्र नजिक उत्खन्न गर्नु गल्ति भएको निर्माण कम्पनीले स्किार गरेको छ। निर्माण कम्पनीका साईड ईन्चार्ज कमल कार्कीले ईन्टेक नजिक ढुङ्गा फुटाउनु गल्ति भएको स्किार गर्दे फुटाएको ढुङ्गा प्रयोग गरेर मुहान संरक्षण गर्ने बताउनु भयो ।
तर पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश गैरेले भने गल्ति गर्ने निर्माण कम्पनीलाई प्रसंय हुने अभिव्याक्ति दिनुभएको छ। ठेक्केदार कम्पनीले गल्ति स्किार गरेपनि गैरेले भने स्थानिय तहका जनप्रतिनिधिलाई दोष दिदैँ ठेक्केदार कम्पनीलाई जोगाउने अभिव्यक्ति दिनुभएको हो ।
“आफ्नो पालिका भित्र पर्ने भुगोल राम्रो हेर्नुपर्छ, जनप्रतिनिधिले ध्यान नदिँदा ठेक्केदारले यसरी काम गर्नु भएको हो, अबदेखि उत्खन्न नगर्नुहोला” गैरेले निर्माण व्यवसायीलाई भन्नुभएको छ। सोहि ठाउँमा सो कम्पनी स्वच्छन्द निर्माण सेवाले ३ बर्षमा सक्नुपर्ने मोटरेवल पुल ११ बर्षमा पनि सम्पन्न गरेको छैन्।बेवारीसे मोटरेवल पुल पनि हेर्नु भएका गैरेले कुनै प्रतिक्रिया जनाउनु भएन। तर गाउँपालिकाले निगरानी नगरेकै कारण निर्माण व्यवसायीले उत्खन गरेको भन्दै निर्माण व्यसायीलाई जोगाउदै ठेकेदारकै अगाडी गाउँपालिकाका जननिर्वाचित जनप्रतिनिधिलाईनै उल्टै गैरैले गालि गरेका थिए।
त्यस्तै कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले भने खानेपानी मुहान मा क्षति पुग्ने गरि उत्खन्न गर्ने कम्पनीलाई क्षतिपुर्ति सहित कार्वाहि गर्ने बताउनुभएको छ । गाउँपालिकाले सोहि तमोर नदिको जयराम घाटबाट मात्र उत्खन्नको अधिकार दिएको छ । पालिकाले बाताबरण अध्यन प्रतिवेदन सहित प्राविधिक जाँच गरेपछि जयरामघाटलाई उत्खन्न गर्न उपयुक्त ठहर गरेको थियो ।
तमोर पम्पिङ खानेपानी आयोजना मार्फत् वडा नं १, ३, ४ र ५ का ३ हजार बढी घरधुरीले खानेपानीको उपभोग गर्दै आएका छन्।
गाउँपालिकाले निश्चित क्षेत्र बनाएर ढुंगा, गिटि, बालुवा लगायतका पदार्थको ठेक्का लगाएपनि पछिल्लो समय राष्टिय आयोजनाका निर्माण व्यवसायीहरुले आयोजनाबाट प्रभावित सम्बन्धित स्थानीय तहसंग सहकार्य नगरी काम गर्दा कुम्मायकका साँवासेरा, लुबुघाट लगायतका क्षेत्रमा चरम रुपमा नदिजन्य पदार्थको उत्खनन् बढीरहेको छ। सो का कारण स्थानीयका जग्गाजमिनमा मात्र नभएर प्राकृतिक स्रोत साधनमा समेत दिर्घकालिन असर पुग्ने देखिन्छ ।

.png)