Comments Add Comment

माझी समुदायका विद्यार्थीलाई स्कुलब्याग र शैक्षिक सामाग्री

रमेश थापा
पाँचथर–पाँचथरको कुम्मायक–३ को महादेव आ.वि.का १९ जना विद्यार्थीहरुलाई स्कुलब्याग र शैक्षिक सामाग्री बितरण गरिएको छ। जनसेवा समाज पाँचथरको समन्वयमा फिदिम–५  निबासी हाल दक्षिण कोरियामा कार्यरत लोक प्रसाद तुम्बापोको आर्थिक सहयोगमा विद्यालयमा अध्यायनरत १९ जना माझी समुदायका विद्यार्थीहरुलाई ब्यागझोला र शैक्षिक सामाग्री बितरण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
तुम्वापोले दश हजार रुपैयाँमा विद्यालयका १९ जना विद्यार्थीहरुलाई १÷१ थान स्कुलब्याग तथा स्टेसनरी सामाग्री बितरण गरेका थिए। शैक्षिक सामाग्री बितरण कार्यक्रममा कुम्मायक गाउँपालिका अध्यक्ष बम प्रसाद लावती, कुम्मायक–३ का वडाअध्यक्ष बाबुराम कार्की, नि.बर्तमान कार्यपालिका सदस्य याम कुमारी खड्का, फिदिम खानेपानी उपभोक्ता समिति सचिब कमल बास्कोटा लगायतका वक्ताहरुले विद्यालयका बिपन्न बालबालिकाहरुलाई सहयोग गरेको प्रति प्रसंशा गर्दै, दाताको यो सहयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा  सकरात्मक भूमिका खेल्नेमा बिश्वस्त रहेको बताएका थिए।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ