पाँचथर-पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी “एकाताबद्ध देश, खेलकुदको सन्देश” भन्ने मुल नाराका साथ तुम्बेवा गाउँपालिका दोस्रो अध्यक्ष कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगितामा आज फाईनल खेल हुदैँछ। तुम्बेवा गाउँपालिकाको केन्द्र मौवामा जारी प्रतियोगितामा फाईनल खेल आयोजक तुम्बेवा गाउँपालिका र संन्जिबनी स्पोर्टिक क्लब बिच दिउँसो २ बजे खेल हुने आयोजक तुम्बेवा गाउँपालिकाले जनाएको छ।
सेमिफाईनलमा ओखरबोटे युवा क्लब पाँचथरलाई पेनाल्टि सुटआउटमा पराजित गर्दै आयोजक तुम्बेवा गाउँपालिका फाईनलमा प्रवेश गरेको थियो भने सि.सि.डि.आई.सि धनकुटालाई ४-२ ले हराउदै संजिबनी स्पोर्टिङ क्लब धनकुटा फाईनल प्रबेश गरेको थियो।
यस प्रतियोगिताको बिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ, साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ। उपबिजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैँया शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काले जानकारी दिनुभयो।