Comments Add Comment

क्यान्सर पीडित खवासलाई सहयोग गर्न परिवारको अपिल

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–४ स्थीत यासोक बजारमा व्यवसाय गर्दै आएकी क्यानसर पीडित सिता खवासको परिवारले सहयोगको अपिल गरेका छन्। ब्लड क्यानसरको उपचारको लागि आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोग गर्न पीडित परिवारले आग्रह गरेको हो।
इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ६ मा स्थायी ठेगाना भई हाल कुम्मायक गाउँपालिका वडा नं. १ को यासोक बजारमा व्यवसाय गर्दै आएकी ३१ बर्षिय सीता खवासको पूर्वान्चल क्यान्सर अस्पताल विर्तामोड, झापामा उपचार हुदै आएको उनका श्रीमान सुरेन्द्र खवासले जानकारी दिए। क्यान्सरको उपचारको लागि परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि सहयोगको अपिल गरेको सुरेन्द्रले बताए । 
पीडित परिवारले आर्थिक सहयोग जुटाउन सुरेन्द्र खवासको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक खाता नं.१६९०५०८००१२४५४  र परिवारलाई सम्पर्क गर्न टेलिफोन नम्बर ९८४४६०४२२८ पनि सार्वजनिक गरेको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ