Comments Add Comment

सिद्वकालीका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी

पाँचथर- पुष माघको जाडोसंगै विद्यालयका विद्यार्थीहरुलाई प्रत्यक्ष प्रभाव परेको छ । सामुदायिक विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुलाई जाडो मौसमले ठुलो असर पारेको छ । तर जनसेवा समाज पाँचथरले दाताहरुको सहयोगमा पाँचथरका बिभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी बितरण गर्दै आएको छ । यसै बीच दाताको सहयोगमा समाजले फिदिम नगरपालिका-९ साविक लुम्फावुङ ६ तुम्रोक को सिद्वकाली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी बितरण गरेको छ । विद्यालयका ५३ र स्थानीय बाल विकास केन्द्रका ७ गरी ६० जना छात्रछात्रालाई सामग्री प्रदान गरिएको थियो ।
पाँचथर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका एक नम्बर प्रदेश सदस्य मित्रप्रसाद काफ्लेकी आमा चन्द्रमाया काफ्ले स्वर्गारोहण भएको ४५ औं पुष्य तिथीको अवसरमा विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।
जनसेवा समाज पाँचथरको आयोजना तथा समन्वयमा विद्यालय परिषरमा आयोजित कार्यक्रममा बिद्यार्थीलाई सामग्री वितरण गरिएको हो । सामग्री वितरण कार्यक्रममा विद्यालय सेवा क्षेत्रका अविभावक,शिक्षक र विद्यार्थी सँगै शैक्षिक क्षेत्रका अभियन्तासँगै प्रायोजक मित्रप्रसाद काफ्लेका भाइहरु देवी, महेन्द्र, उदय र भविन्द्र काफ्लेको उपस्थिति थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ