Comments Add Comment

एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत

काठमाडौं, ५ मंसिर

नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए।

उनका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् । एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रूपमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ