Comments Add Comment

फिदिम–यासोक सडक : कालोपत्रेको काम कछुवाको गतिमा 

रमेश थापा 
पाँचथर: कालोपत्रेको काम सुरु भएपछि पाँचथरको कुम्मायक गाउँपालिका बासीमा निकै उत्साह थियो । अब बल्ल विकास भयो भन्ने विश्वास लिएका गाउँपालिकावासी ठेकेदारको ढिलासुस्तीका कारण निरास बनेका छन । यासोक–फिदिम सडक खण्ड अन्तरर्गत यासोक–सरखण्डे कालो पत्रेको काम सुरु भएको वर्षौ भयो । तर हिउँदमा धुलाम्मे सडकका कारण आजित भएका स्थानीय कालो पत्रेको काम अघि नबढेको भन्दै चिन्तित बनेका हुन । 
प्रदेश सरकारको ५३ करोड ३३ लाख ६ हजार ४ सय ८१ रुपैयाँमा लामा च्याङ्गमिला जेभी काठमाडौंले ठेक्का पाएको थियो । सडकको ११ दशमलव ३ सय १० किलोमिटर कालो पत्रे गर्न २०७६ असार ३१ मा ठेक्का लिएको थियो । तीन वर्षमा पूरा गर्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीले तीन पटक म्याद थप गरेको छ । तर सडक कालो पत्रेको काम अझै पूरा भएको छैन । २०७८ असार ३० मा सडक कालोपत्रे गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले हालसम्म ३ पटक म्याद थप गरेको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।
सडक निर्माण कार्य समयमै सक्न पटकपटक निर्देशन र पत्रचार गर्ने काम ग¥यौं । तर त्यसको कुनै प्रभाव परेको छैन् । कार्यालयका इन्जिनियर टीकाराम लिम्बूले भने् । योजनाको काम पूरा गर्न तीन पटक गरी १८ महिना म्याद थप भएको छ । अझै कुनै परिणाम देखिएको छैन । यो विषयमा कार्यालयले थप कानुनी पाटोबाट अघि बढ्न सक्ने लिम्बूको दावी छ ।
ठेकेदार कम्पनीले जति काम गरेको छ त्यतिनै रकम भूक्तानी लिएको कार्यालयको दावी छ । यता कुम्मायक गाउँपालिकाबाट जनप्रतिनिधि र राजनितिकदलका प्रतिनिधिको टोलिले कार्यालयमै पुगरे योजनामा भएको ढिलासुस्ती बारे जानकारी लिएका थिए । योजनामा भएको ढिलासुस्तीको बिषयमा कार्यालयको ध्यानाकर्षण गराएका छौ । सडकको कामले गति लिन्छ भन्ने जवाफ पाएका छौ गाउँपालिका अध्यक्ष वमप्रसाद लावतीले भने ।
कालेपत्रेको कामले अपेक्षाकृत रुपमा गति लिन सकेको छैन । पूर्वाधार विकास कार्यालय पाँचथरले ठेकेदार कम्पनीलाई निरन्तर ताकेता गरेको बताउँदै आएको छ । तर ताकेता गरे अनुसारको प्रगति हासिल नगरेको कार्यालयको दावी छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ