Comments Add Comment

मूल्यमा गिरावट आएपछि अदुवा उत्पादक किसान मारमा

पदम सुखी सम्बाहाम्फे

पाँचथर- नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि कुम्मायक गाउँपालिकाका किसान समस्यामा परेका छन् । गाउँपालिकाका अदुवा किसानहरुलाई अदुवा फाल्नु न बेच्नु वा फेरि खेती गर्नु भएको छ । गत बर्ष प्रतिमन करिब ३ देखि ४ हजार मन सम्मको हाराहारीमा बिक्रि भएको अदुवा यस बर्ष प्रतिमन ४ सय रुपैयाँ मुल्यमा पनि मुस्किलले बिक्री हुने हुँदा अदुवा उत्पादक किसान मारमा परेका हुन । बिगतका बर्षमा अदुवाको भाउँ ह्वात्तै चुलिँदा किसानहरु उत्साहित भएर आफ्नो बारिमा अदुवा खेती गर्न हौसिएका थिए । ड्याङ बनाएर रोपिने गरेको अदुवा खेती गर्न खासै झन्झट नहुने र समय समयमा गोडमेल गरे पुग्ने गरेको उनिहरु बताउँछन् । बर्षेनी फरक-फरक ठाउँमा रोपिने उक्त अदुवा किरा तथा बन्यजन्तुले समेत नखाने भएकोले यस क्षेत्रमा अदुवा खेती गर्ने किसानहरु बर्सेनि बढ्दै गएका छन् । तर यो बर्ष भने अदुवाको भाउ खस्किएपछि अदुवा खेती गर्ने किसानमा निराशा छाएको गाउपालिकाका कृषि शाखा प्राबिधिक इम कुमारी तामाङ बताउँनुभएको छ ।

अदुवा खेती गरेर राम्रै आम्दानी गरेका कुम्मायक गाउपालिका वडा नम्बर ४ रानिगाउँका नरमाया सम्बाहाम्फेले सुरुमा एकमन अदुवा खेती गर्न थालेकी थिइन् हाल उनले ८ देखि १२ मन सम्म उत्पादन गरेर बेचेको पैसाले घरायसी गर्जो टार्ने सपना अधुरै रहेको छ । त्यस्तै, अर्का व्यापारी किरण सम्बाहाम्फेका अनुसार अहिले अदुवा उत्पादनमा वृद्धि भए पनि भाउँमा गिरावट आएपछि किसानहरु सारै मार्का परेको दुखेसो पोख्छन् । यस तर्फ सरोकारवाला निकायले पहल गरेर अदुवाको उचित मुल्य पाए किसानले गरेको मेहनत र परिश्रमको कदर हुने साथै आर्थिक उन्नतिमा टेवा पुग्ने स्थानीयको बुझाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ