Comments Add Comment

कुम्मायकका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको विदाई

रमेश थापा यासोक
यासोक- पाँचथरको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीको बिदाई गरिएको छ । मंगलवार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले अधिकारीलाई बिदाई गरेको हो । २०७७ साल बैसाख १८ गते हाजिर भएका अधिकारीले ११ महिनासम्म प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा सफलता पूर्वक निर्वाह गर्नुभएको थियो । उहाँले गाउँपालिकाको विकास र परिवर्तको निम्ति जनप्रतिनिधि र कर्मचारीहरुको साथ र सहयोग पाएको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँको इलामको माई नगरपालिका सरुवा भएको छ ।


कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ अधिकारीलाई मायाँको चिनो प्रदान गर्दै गाउँपालिकाको प्रशासनिक काम कारर्वाहीलाई प्रभावकारी ढंगबाट अघि बढाएको बताउनुभयो । उहाँले कार्यालयको प्रशासन र विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण योग्दान दिएको भन्दै अधिकारीको प्रशंसा गर्नुभयो । त्यस्तै गाउँपालिकाकै लेखापाल अनिल दुलाललाई पनि सोही कार्यक्रममा बिदाई गरिएको थियो । दुलालको पनि झापाको गौरादह नगरपालिकामा सरुवा भएको छ । कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुले मायाँको चिनो खादा र माला लगाएर अधिकारी र दुलालको विदाई गरिएको थियो । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ