दिपक दुलाल,पौष ११
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा पोषण तथा खाद्य सुरक्षा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ।
फाल्गुनन्द गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गतको वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुनौलो हजार दिनका आमा तथा बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याइ कुपोषण मुक्त बनाउँने साथै स्थानीय साधन स्रोतबाट उपलब्ध हुने खाद्य वस्तुको प्रयोग लगायतका विषयमा छलफल भएको थियो।
कार्यक्रममा वडाध्यक्ष होम प्रसादआङ्देम्बेको संयोजकत्वमा १५ सदस्यीय वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति समेत पुनर्गठन गरिएको छ।
कार्यक्रममा वडाका जननिर्वाचित प्रतिनिधीहरु,स्वास्थ्यकर्मीहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक प्रतिनिधीहरु,संघसंस्थाका प्रतिनिधीहरु,स्वास्थ्य स्वयंसेविकाहरु,संचारकर्मी लगायतको सहभागिता रहेको थियो । फाल्गुनन्द गाउँपालिका बहुक्षेत्रिय पोषण कार्यक्रम फाक्तेप पाँचथरले आयोजना गरेको कार्यक्रमको सहजीकरण फाल्गुनन्द गाउँपालिका बहुक्षेत्रिय पोषण कार्यक्रम स्वयंसेवक सुमित्रा तामाङले गर्नुभएको थियो ।
कार्यक्रम फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
.png)