Comments Add Comment

कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

कञ्चनपुर, ११ पुस

कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् ।

एक ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा निम्बुखेडाका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर रहेका छन् । 

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि दुबै जनालाई पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ