Comments Add Comment

पाँचथरको कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने


यासोक : पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखा र कुम्मायक गाउँपालिका सयुक्त संझौतामा उपचार केन्द स्थापना हुन लागेको हो । संघका सभापति मुक्तिराज पौडेल र गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले सम्झौतामा हस्ताक्षर गरेसंगै आँखा उपचार केन्द्र स्थापनामा सहमती जुटेको हो ।

सम्झौता अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ बाट निरन्तर रुपमा ७ लाख र भवन उपलब्ध गराउँनु पर्ने छ । आँखा उपचार केन्द्रको स्थानीय स्तरमा अनुगमन प्रचार प्रसार र भैपरी आउँने समस्या समाधान गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै नेत्रज्योती संघले आँखा उपचार केन्द्रको लागि जनसक्ति, उपकरण, व्यवस्थापन गर्ने भएको छ । आवश्यकता अनुसार वर्षमा एक पटक निशुल्क अपरेशन सहितको आँखा शिविर संचालन गर्ने वा विरामीको आवश्यकता अनुसार सेवा शुल्कमा छुट दिई आँखा शिविर संचालन गर्ने सहमतिमा उल्लेख गरिएको छ ।

गाउँपालिकावासीले आँखा उपचार केन्द्र स्थापना नहुँदा नागरिकले पूर्वको झापा, मोरङ सुनसरी पुगेर उपचार गर्दै आएका छन । लामो समयदेखिको यो बाध्यता हटेर जाने गाउँपालिका अध्यक्ष चेम्जोङले बताउँनुभयो । उपचार केन्द्र स्थापना गर्न प्रमुख प्रशासकीय अधिकृतको योग्दानको प्रशंसा गर्दै चेम्जोङले नागरिकको स्वास्थ्यमा गाउँपालिका गम्भिर भएरको बताउँनुभयो ।

सो कार्यक्रममा उपाध्यक्ष सिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी त्यस्तै नेत्रज्योती संघ ताप्लेजुङ शाखा सभापति मुक्तिराज पौडेल, सचिव खगेन्द्र अधिकारी नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखा अध्यक्ष आनन्द गौतम लगायत जनप्रतिनिधि, कर्मचारीको उपस्थीति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ