रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाको १ नंम्बर वडाले ३६ जना वडाबासीलाई सिपमूलक तालिम दिने भएको छ । आर्थिक रुपमा विपन्न समुदायका महिलाहरुलाई सिप सिकाई रोजगारीको सृर्जना गर्ने उदेश्यले सिपमूलक तालिम दिन लागेको हो ।
वडाले आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट महिलालाई सिलाइ कटिङ, ढाका कपडा र बाख्रा पालन व्यावसाय तालिम संचालन गर्न लागेको हो ।
गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत ढाका तालिमका २० जना, सिलाई कटिङ ११ र बाख्रा पालन व्यवसाय तालिम ५ गरी ३६ जना नागरिकलाई तालिम दिन लागेको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
आर्थिक रुपमा विपन्न समुदायिका नागरिकलाई आत्मनिर्भर बनाउने र जिविकोपार्जको लागि लघु उद्यम कार्यक्रमले सहयोग पु¥याउने लावतीको भनाइ थियो । उनले बजारमा ढाका कपडा र सिलाई कटिङको माग धेरै भएकाले तालिमबाट महिलाहरु आत्मनिर्भर बन्ने दावी गरे।
शुक्रबार वडामा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमको समापन समारोहका सहभागीहरुले वडाले पहिलो पटक सिपमूलक तालिम दिएको भन्दै प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रमकको सहजिकरण उद्यम विकास सहजकर्ता नारायण सुवेदीले गरेका थिए ।
.png)