Comments Add Comment

सुनको मूल्य तोलाकाे एक लाख दुई हजार नाै सय, चाँदीकाे मूल्य घट्याे

काठमाडौं, २० पुस 

आज सुन तोलामा तीन सय रुपैयाँले बढेर काराेबार भएकाे छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको एक लाख दुई हजार नाै सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार चार सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको थियाे ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य १४ सय १० रुपैयाँ कायम रहेको थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ