२०७८ चैत्र ८ गते
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका-४ खाम्ले बस्ने ५८ वर्षका बोली राज सम्बाहाम्फेको आफ्नै घरबाट करिब ६ सय मिटर टाढा रहेको बारीको डिलबाट लडेर मंगलबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय काठमाडौले बिश्वसञ्चार डटकमलाई जानकारी गराएको छ ।
.png)