सम्झना कुँवर
यासोक —पाँचथरको कुम्मायक गाउँपालिकामा सुमी चेम्जोङ बचाउ अभियानमा दाताहरुले ५ लाख बढि सहयोग गरेका छन । कोरोना संक्रमित चेम्जोङको एक महिना अघि उपचारको क्रममा मृत्यु भएको थियो । बिपन्न परिवारको चेम्जोङको जीवन रक्षाको लागि कुम्मायक-५ का युवा व्यवसायी फर्मासिस्ट खगेन्द्र राज घिमिरेको अगुवाईमा आर्थिक संकलनका लागी सामाजिक सञ्जाल मार्फत सुमी भाउजु बचाउ अभियान सञ्चालन गरिएको थियो । चेम्जोङको उपचार र उहाँको सात दिनको शिशुको जीवन रक्षाको लागि देश बिदेशबाट दाताहरुले ५ लाख ७८ हजार ७ सय ४१ रुपैयाँ संकलन गरी पीडितलाई सहयोग गरेको अभियान्ता खगेन्द्र राज घिमिरेले बताउँनुभयो । “उपचारको लागि सबैले ठुलो सहयोग गर्नुभएको थियो तर उहाँलाई बचाउँन सकेनौं" घिमिरेले भन्नुभयो तर पनि सहयोग रकमले उपचार खर्च र बालवालिकाहरुको लागि ठुलो सहयोग भएको छ ।
चेम्जोङको उपचारको लागि सहयोग गरिएको रकम उहाँको श्रीमान सविन चेम्जोङलाई हस्तान्त्रण गरिएको छ । चेम्जोङका १० वर्षमुनीका ३ छोरी र दुई महिने छोरा रहेका छन ।
सुमि चेम्जोङ बचाउ अभियानमा सहयोग गर्ने संघ संस्था र दाताहरु :
—चेम्जोङ वंश उत्थान संघ मार्फत ८१ हजार ९ सय ९५ रुपैयाँ ।
—सम्बाहाम्फे उत्थान संघ र साइप्रसबाट १ लाख १८ हजार ५ सय ५५ रुपैयाँ ।
—यासोक देउराली सेवा क्षेत्र समाज काठमाण्डौं १० हजार रुपैयाँ
—कुम्मायक सरोकार मञ्च दक्षिण कोरिया ५० हजार रुपैयाँ
—डियर गेमिङ पब्जी ग्रुप दक्षिण कोरिया ८१ हजार ६ सय ५६ रुपैयाँ
—गोरखा सिरान चोक गुरुङ अनलाईन रिचाज कार्ड बाजी ग्रुप ३२ हजार रुपैयाँ
लगायत बिभिन्न व्यक्तिहरुबाट प्राप्त सहयोग संकलन गरिएको थियो ।
.png)