दिपक दुलाल
फाल्गुनन्द -देश नयाँ संरचनामा गइसकेपश्चात जनप्रतिनिधीहरुले काम गरेको पाँचवर्ष पूरा हुन लागेको छ । देशमा संघियता पछि निर्वाचित भएका स्थानिय तहका जनप्रतिनिधीहरुको पाँचवर्षे कार्यकाल समेत समाप्त हुन लागेको छ ।आगामी २०७९ साल बैशाख ३० गतेका लागि सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । विभिन्न राजनीतिक पार्टीहरुले यतिबेला जनमत आफ्नो पक्षमा पार्नका लागि दौडधुप शुरु गरिरहेका छन् । अघिल्लो निर्वाचनमा पाँचवर्ष अगाडी यसरी नै विभिन्न एजेण्डाहरु लिएर विभिन्न पार्टीका उम्मेद्धारहरु जनतासामु गएका थिए । यसै शन्दर्भमा जनप्रतिनिधीहरुसँग कुराकानी गर्ने क्रममा हामी २०७४ सालको स्थानिय निर्वाचनमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ बाट निर्वाचित हुनुभएका वडाध्यक्ष होम प्रसाद आङ्देम्बेसँग पुगेका छौँ । फाल्गुनन्द गाउँपालिका वडा नं.१ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बे सँग हाम्रा सहकर्मी दिपक दुलालले गनुभएको यो कुराकानी
हिजो निर्वाचनको बेला जनतासंग गरेका प्रतिवद्धताहरु कति पूरा भए ?
सर्वप्रथम प्रश्नको लागि धन्यवाद दिपक सर । मलाइ लाग्छ हामी चुनावको मैदानमा उत्रदै गर्दा र जनतासंग भोट माग्दै गर्दा आफूले राखेका एजेण्डाहरु लगभग–लगभग धेरैजसो पूरा गरेका छौ । केहि योजनाहरु शुरुवात भएका छन्, सञ्चालन हुँदै गरेको अवस्थामा छन् । हामीले नयाँ—नयाँ खालका कार्यक्रमहरु पनि सञ्चालन गरेका छाँै । समग्रमा भन्नुपर्दा हामीले नवमीडाँडाका मतदाताहरुसँग गरेका प्रतिवद्धताहरु ७५ प्रतिशत पूर्णरुपमा पूरा गरेका छौँ भने २५ प्रतिशत कामहरु शुरुवात गरेका छौँ ।
हिजो निर्वाचनका बेला वडावासीसंग के-के प्रतिबद्धताहरु राख्नुभएको थियो ?
हमीले हिजो निर्वाचनको बेला जनता वा मतदाताहरुसँग जाँदै गर्दा नवमीडाँडामा टोलटोलसम्म बाटो खन्ने, सडकहरु निर्माण गर्ने, सबैतिर विद्युत विस्तार गर्ने,बिजुलीका काठे पोलहरु मुक्त गर्ने र सबैतिर फलामे पोलहरु पु¥याउँने, सबै टोलमा खानेपानी पु¥याउँने, यहाँका विद्यालयमा खेलमैदान निर्माण गर्ने, पार्टी पौवा मन्दिर, गुम्बा आदिको संरक्षण संवद्र्धन गर्ने, पर्यटकिय क्षेत्रको विकासमा जोड दिने, कृषकहरुलाई सहुलियत वा राहत पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने लगायत स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटन, रोजगारी, खेलकुद जस्ता विषयहरु नै हिजो चुनावका हाम्रा मुख्य एजेण्डाहरु थिए । हामीले वडाबासीसंग गरेका प्रतिवद्धता धेरै पूरा गरेका छौ । केही प्रतिवद्धता पूरा गर्न धमाधम काम गर्दै आएका छौ ।
तपाईको कार्यकालमा वडाको मुख्य उपलब्धिहरु के-के हुन ?
हामी यस वडाको जननिर्वाचित प्रतिनिधी भइसकेपश्चात यस वडामा टोलटोलसम्म सडक पु¥याएका छौँ । यहाँका मूख्य सडकहरुमा बाह्रै महिना गाडी चल्न सक्ने गरी मर्मत संहार वा सोलिङ गरेका छौँ । यहाँका विभिन्न विद्यालयहरुमा भवन निर्माण गरेका छौँ । खेलमैदान निर्माण गरेका छौँ । खानेपानीका योजनाहरु समेत सञ्चालन गरेका छौँ । हाम्रो यहाँको तिजोक मन्दिरको मर्मत संहार र तिजोक डाँडालाई पर्यटकिय क्षेत्र बनाउँनको लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौँ र अझैपनि तिजोकमा विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् । खेलकुद क्षेत्रको विकासको लागि समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छौँ । नवमीडाँडामा कवर्डहल निर्माण गरेका छौँ । लिम्बू समुदायको एतिहासिक स्थल पातलीटारमा रहेको नामसामी केसामी देवस्थललाई समेत संरक्षण संवद्र्धन तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने कार्य अगाडी बढाएका छौँ । यहाँका जनताको फुसको छानो मुक्त बनाउँने अभियान अन्तर्गत विपन्न परिवारका नागरिकहरु ६५÷७० घरपरिवारलाई जस्तापाता वितरण गरेका छौँ । कृषकहरुलाई राहत तथा अनुदानका कार्यक्रमहरु सञ्चालन गरेका छौँ । महिला, बालबालिका, ज्येष्ठ नागरिक,आदिवासी जनजाती,दलित लगायत सबैका लागि जीवनस्तर उकास्ने खालका केहि न केहि कार्यक्रमहरु सम्पन्न गरेका छौँ ,सञ्चालन गरेका छौँ । यी बिषयहरुलाई नै हामीले मुख्य उपलब्धिको रुपमा लिएका छौ ।
तपाईको कार्यकालमा कस्ता चुनौतिको सामना गर्नुभयो ?
धेरै राम्रो प्रश्न सोध्नुभयो दिपक सर, वडाध्यक्ष भएर काम गर्दा धेरैजसो त अप्ठ्यारा कुराहरु नै आउँछन् जनताबाट । हिजो देश संघियतामा गइसकेपश्चात घरघरमा सिंहदरवार आउँछ भन्ने जुन नारा थियो् । जनताले जे अपेक्षा राखेका थिए त्यो पूरा नभएपछि धेरै गुनासाहरु अप्ठ्याराहरु नागरिकहरुले लिएर अउँने गर्छन् । पहिले जनताहरुले उपभोक्ता समितिहरु बनाएर काम सम्पन्न गरेपछि वडाबाट नै वा तत्कालिन गाविसबाट नै सेवासुविधाहरु र चेक वा भुक्तानीहरु पाउँथे भने अहिले देश संघियतामा आएपछि सिंहदरवार घरघरमा आएको होइन सिंहदरवार भागेको जस्तो देखिन्छ । जस्तो अहिले नवमीडाँडाबाट गाउँपालिका टाढा रहेकोले यहाँबाट पालिकामा काम गर्न जाने यहाँका जनताहरुको गुनासो धेरै आउँछ । वडालाई सम्पूर्ण अधिकारहरु नदिएको कारण जनताले सेवासुविधाहरु प्राप्त गर्न टाढासम्म जानुपर्ने बाध्यता छ । जनताले आफ्ना विभिन्न समस्याहरु राख्ने सबैभन्दा तल्लो निकाय पनि वडा नै भएकोले विभिन्न गुनासाहरु सुन्नुपर्ने,सबैको चित्त बुझ्ने गरी काम गर्न समेत नसकिने हुनाले काम गर्दा अप््ठ्याराहरु नै आउँछन् तर पनि हामी सबै वडाकार्य समितिले नै सल्लाह गरेर समस्याहस्को समाधान गर्दै आएका छौँ ।
अत्यमा तपाईलाइ निर्वाचित गर्ने वडाबासीलाई के भन्न चाहानुहुन्छ ?
नवमीडाँडाबासी आमाबुबा, दाजुभाइ दिदिबहिनीहरु, हामीले वडाकार्यालयबाट दिने सेवाप्रवाहमा तपाइँहरुको गुनासो सुन्नको लागि वडाकार्यलयमा सुझावपेटिका पनि राखेका छौँ । हाम्रा कुनै गल्ती कमिकमजोरीहरु छन् भने तपाइँहरुले सल्लाह सुझाव दिन सक्नुहुन्छ । तपाइँहरुले पाउँने सेवासुविधाहरुमा नियमअनुसार हामी कति पनि ढिला नगरी सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गर्दछु । अर्को कुरा यसवर्षका योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने गरी उपभोक्ता समितिहरुले काम गर्नुहोला । आफ्नै काम सम्झेर योजनाका कामहरु प्रभावकारी ढङ्गले प्रविधिक मापदण्ड बमोजिम सञ्चालन गरी समयमै योजनाको भुक्तानी लिनुहोला । तपाइँहरुको साथ र सहयोगको सदैव हामीलाइ खाँचो छ भन्न चाहन्छु । र अत्यमा मलाई यो अवसर प्रदान गर्नुभएकोमा दिपक सर यहाँलाई धेरै धेरै धन्यवाद दिनचाहान्छु ।

.png)