Comments Add Comment

फाल्गुनन्द गाउँपालिकामा बालविवाह न्यूनिकरणका लागि जनचेतनानामूलक कार्यक्रम

दिपक दुलाल,माघ १६
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा बालविवाह न्यूनिकरण सम्बन्धि जनचेतनानामूलक नाटक मञ्चन गरिएको छ ।
फाल्गुनन्द १, नवमीडाँडाका विभिन्न ३ स्थानमा बालविवाह न्यूनिकरण सम्बन्धि चेतनामूलक नाटक ‘‘कविताको भाग्य” मञ्चन गरिएको हो ।
फाल्गुनन्द १,स्थित सिद्धदेवी मावि नवमीडाँडा, नवमीडाँडा बजार र सिद्धेश्वरी मावि सुर्केनागीमा आज एकैदिन ३ स्थानमा नाटक मञ्चन गरिएको हो ।
नाटकले नेपाली समाजमा  गरिबी र अशिक्षाका कारणले हुने बालविवाह र यसको असरलाई  विषयवस्तु बनाएर बालविवाह न्यूनिकरण गर्नुपर्ने सन्देश दिएको थियो ।


प्रेम नेपाल र कमल घिमिरेको परिकल्पना तथा लेखन र कुमार ढकालको निर्देशन रहेको नाटकमा चेतन घिमिरे,वर्षा खवास,बालकृष्ण बाँस्कोटा,कविता नेम्वाङ,प्रेम नेपाल कमल घिमिरे लगायतले अभिनय गरेका थिए ।
फाल्गुनन्द गाउँपालिका १ नं. वडाकार्यालय नवमीडाँडाको आर्थिक सहयोगमा युगिन थिएटर पाँचथरद्धारा नाटकको प्रस्तुती  गरिएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ