पाँचथर–पॉचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक-कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा सुनसरीलाई हराउदै आयोजक सयपत्री क्लबले उपाधि हात पारेको छ । आइतवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको फाइनल खेलमा संगम FC क्लव सुनसरीलाई २-३ गोल अन्तरले हराउदै आयोजकले उपाधि चुमेको हो ।
खेलको शुरुवाती समयमा सुनसरीका बिमल घिसिङले पेनेल्टी सुटआउटबाट गोल गरेका थिए । त्यसको लगतै आयोजकको तर्फबाट बिसाल राईले गोल गर्दै खेललाई बराबरीमा रोकेका थिए । त्यस्तै आयोजकको तर्फबाट आसिस चापागाई र बिवेक पौड्याले गोल गदै ३ अंक जोडिेका थिए । भने सुनसरीका तर्फबाट सुरेन बुढामगरले गोल १ गोल गर्दै २ अंकमा खुम्चिएको थियो ।
खेलको च्याम्पियन बनेको आयोजक सयपत्री क्लव यासोकले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयॉ ट्रफि मेलड र प्रमाण पत्र र उपबिजेता संगम FC क्लव सुनसरीले नगद १ लाख ६६ हजार ६६६ रुपैंया ट्रफि, मेलड र प्रमाण पत्र हात पार्दै उपबिजेतामै चित्त बुझाएको थियो। खेलको म्यान अफ् दि म्याच सुनसरीका बिजय घलान घोषित हुदैे नगद पॉच हजार हात पारे । विजेता र उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अथिति माओवादी केन्द्र प्रदेश कमिटि अध्यक्ष हर्क बहादुर नेम्वाङले पुरस्कार वितरण गरेका थिए । खेलको सर्वोकृष्ट खेलाडी सुनसरीका मनोज प्रधान घोषित हुदै उनले नगद १५ हजार ट्रफि मेडल र प्रमाण पत्र हात पारे ।
त्यस्तै आयोजकको तर्फबाट उकृष्ठ गोलकिपर किशोर गिरी, मिडफिल्डर खामिर गिल्सन कन्डङवा, फरर्वाड विशाल राई, राइजिङ प्लेयर चोलुङ चेम्जोङ, सर्वाधिक गोलकर्ता आसिस चापागाई र उकृष्ठ कोच सिवकुमार लावती घोषित हुदै कप, मेडल र नगद हात पारेका थिए ।
.png)