रमेश थापा
पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकामा चार दशकपछि राष्ट्रिय वाणिज्य बैंक स्थापना भएको छ । गाउँपालिका केन्द्रको यासोक बजारमा बैंकको शाखाले सेवा सुरु गरेको छ । २०३८ सालमा राष्ट्रिय बाणिज्य बैंक र २०४१ सालमा कृषि विकास बैंक स्थापना भएका थिए । दद्धकालको समयमा दुबै बैंक विस्थापीत भएका थिए । तर चार दशकपछि पुन : बाणिज्य बैंक स्थापना भएको छ ।
बैङ्कले सेवा सुचारु गरेसंगै मोबाईल बैङ्ककिङ, एसएमएस र ईन्टरनेट बैङ्ककिङको सुबिधा दिएको छ । त्यस्तै कर्जा सुबिधा, एटिएम, रेमिटेन्स, पेन्सन खाता, राज्वस्व कारोबारको सुबिधा उपलब्ध गराउन तयारी सुरु गरेको शाखा प्रमुख मनोज थाम्सुहाङले बताए ।
बैंकले कुम्मायकबासीलाई २०७५ जेठबाट सेवा दिने भन्दै घर भाडा सझौता गरेको थियो । तर उक्त बैंकले सेवा प्रभाह नगरी साढे तीन वर्षसम्म मासिक २० हजारको दरले भाडा बुझाउदै आएको थियो । लामो समयदेखि सेवा सुचारु नगरेको भन्दै जनप्रतिनिधि र स्थानीयको दबावपछि बल्ल बैंकले सेवा सुचारु गरेको हो ।
हाल गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सेवा दिदै आएको छ । बैंक संगको सझौता पूरा भएकाले अब गाउँपालिकाले बाणिज्य बैंकबाटै कारोबार सुरु गर्ने जनाएको छ ।
.png)