रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा बिपन्न, जेहेन्दार र उत्कृष्ठ अंक प्राप्त गर्ने बिद्यार्थीलाई पुरस्कृत गरिएको छ। कुम्मायक ४ को सिद्ध मा.वि. विद्यालयका नर्सरी देखि १० कक्षासम्मका विद्यार्थी पुरस्कृत भएका हुन ।
बिद्यालयमा स्थापना गरिएको १० लाख अक्षयकोषको बार्षिक व्याजदर ८५ हजारबाट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । नर्सरी देखि १० सम्मका उत्कृष्ठ अंक ल्याएर प्रथम, द्धितिय र त्रितिय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमश: २१ सय, १६ सय र १२ सयका दरले छात्रबृति प्रदान गरिएको विद्यालयले जनाएको छ।
त्यस्तै २२ जना विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिएकोे छ। उनिहरुलाई १२ सयको दरले छात्रवृति बितरण गरिएको थियो। विद्यार्थीलाई गाउँपालिकाका अध्यक्ष वंम प्रसाद लावती, वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे, कार्यापालिका सदस्य र वडासदस्यहरुले छात्रवृति बितरण गरेका थिए।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विपन्न समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उदेश्यले परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेको अक्षयकोष दाता सेर बहादुर सम्बाहाम्फेले बताए। ‘आफु जन्मेको हुर्केको र अध्यायन गरेको विद्यालयको शैक्षिक सुधारको निम्ती परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेको उनको भनाई थियो।
कुम्मायक ४ साविक रानीगाउँ ६ भई हाल ललितपुर निवासी शेर बहादुर सम्वाहाम्फेले बाबु नरवहादुर र आमा धनमती सम्बाहाम्फेको स्मृतिमा स्थापना गरेको नरवहादुर धनमति पुरस्कार बितरण गरिएको हो। २०७७ सालमा स्थापना गरिएको १० लाखको अक्षयकोष सबैभन्दा ठुलो कोष हो। वर्षेनी वार्षिक व्याजरबाट बितरण हुदै आएको अक्षयकोषको रकमले विद्यार्थी बीच प्रतिस्प्रधा बढ्नुका साथै विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको विद्यालयका प्रधानाअध्यपक नरेन्द्र सम्बाहाम्फेले बताए।
.png)