Comments Add Comment

कुम्मायक गाउँपालिकामा एमाले विरुद्ध चार दलीय  गठबन्धन 

पॉचथर । पॉचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरुले एमाले बिरुद्ध निर्वाचनमा जानका लागि गठबन्धन गरेका छन्। सत्ता गठबन्धनका चार दल बीच एमाले बिरुद्ध चुनावी गठबन्धन गर्ने सहमती भएको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष र सदस्य पदकामा गठबन्धन गरेर उम्मेदवारी दिने सहमति भएको हो । 
लामो समय देखिको कसरत पछि नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजबादी पार्टी नेपाल साथै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गरी चार राजनीतिक दलहरू मिलेर नेकपा एमाले संग चुनावी प्रतिस्प्रर्धामा उत्रिने भएका हुन ।
सत्ता गठबन्धनको निर्णय अनुसार गाउ‘पालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्रको भाग परेको छ । त्यस्तै पाँच वटा वडा मध्ये १ र ४ नं. वडा नम्बर ज.स.पा.को भागमा परेको छ । त्यसै गरी २.नं. वडा एकीकृत समाजवादीको भागमा परेको छ । ३ नं. वडा काङग्रेसले पाएको छ । भने ५ नं. वडा माओवादी केन्द्रको भागमा परेको छ । पाँच वटै वडाको वडा सदस्यमा सत्ता गठबन्धनले सहमतीको आधारमा भागबण्डा मिलाएका छन । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ