Comments Add Comment

एमालेको घोषणा पत्र सार्वजनिकः कृषि र पूर्वाधार पहिलो प्राथमिकता

यासोक- पाँचथरको कुम्मायक गाउँपालिका-२ नम्बर वडामा नेकपा एमालेले घोषणा पत्र सार्वजनिक गरेको छ । माङजाबुङको चौथी बजारमा नेकपा ऐमालेको चुनावी सभा मार्फत घोषणा पत्र सार्वजनिक गरेको हो । नेकपा एमाले वडा संगठन कमिटिले कृषिलाई पहिलो प्राथमिकता दिदै पूर्वाधार निर्माणमा जोड दिने घोषणा पत्रमा उल्लेख गरेको छ । कुम्मायक २ बाट नेकपा एमालेका वडाअध्यक्षका उमेद्वार यामकुमार सेर्माले घोषणा पत्र सार्वजनिक गर्नुभएको छ ।
उहाँले गठबन्धनले वडामा झुटको खेती गरेको भन्दै जनतालाई झुक्याएर काम नगर्ने दावी गर्नुभयो । पूरा हुन नसक्ने कुरा गर्नु भनेको जनता माथिको घात गर्नु हो सेर्माले भन्नुभयो, जनताको पीर व्यथालाई केन्द्रमा राखेर सधै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
वडाले सार्वजनिक गरेको घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, यातायात तथा सडक, खानेपानी, सिचाई, कृषि, खेलकुद र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । कृषि उत्पादन बृद्धि गरी कृषि पकेट क्षेत्र घोषणा गर्ने । ब्लक र जोन एरिया घोषणा गर्ने साथै उकृष्ट कृषकहरुलाई प्रत्साहन कार्यक्रम लागु गर्ने बताइएको छ ।
शिक्षातर्फ सबै स्थानमा बालविकास केन्द्र व्यवस्थित गर्ने, व्यवहारिक र प्राविधिक शिक्षा अवलम्बन गर्ने नीति लिने र शिक्षाको गुणस्तर साथै पूर्वाधारमा जोड दिने घोषणा पत्रमा उल्लेख छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ