Comments Add Comment

१० कर्मचारीलाई उमेर दह नलगाई सात दिनभित्र दरखास्त भर्न समय दिइयो

काठमाडौं, १२ माघ्

लोकसेवा आयोगले स्थानीय तहका १० जना कर्मचारीलाई उमेर हद नलगाई सात दिनभित्र फाराम भर्न भनेको छ । 

आयोगले बिहीबार एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा अधिकृत वा सो सरहको पदका लागि भएको विज्ञापनमा उमेर दह नलगाई सात दिनभित्र आयोगको अनलाइन दरखास्त प्रणालीबाट फाराम भर्न समयावधि दिएको हो । 

आयोगबाट भएको १६६९२–१६७०५/२०७९–८० शाखा अधिकृतको विज्ञापनमा उमेर हदको विषयलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले ३५ वर्षको उमेर पूरा भएको भन्ने सम्म कारणबाट उम्मेदवार हुन तथा परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भन्ने आदेश भएको भन्दै आयोगले दरखास्त लिने भएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ