Comments Add Comment

भ्रष्टचार मुक्त गाउँपालिका र दिगो विकासको लक्ष्यको लागी काम गछौ : लावती

यासोक—संयुक्त गठबन्धनका साझा उमेद्धवार बम प्रसाद लावतीले भ्रष्टचार मुक्त स्थानीय सरकार र दिगो विकासको लागि काम गर्ने बताउनु भएको छ । कुम्मायक गाउँपालिका अध्यक्षका साझा उमेद्धावार लावतीले स्थानीयतहमा बढ्दै गएको भ्रष्टचार मुक्त समाजको परिकल्पनाको लागि गठबन्धनले काम गर्ने बताउनुभयो ।

गाउँपालिकालाई समृद्ध बनाउन दिगो विकासको लक्ष्य लिनुपर्ने हुन्छ । जस्ले मात्रै समृद्ध कुम्मायक गाउँपालिका निर्माण गर्न सकिन्छ् लावतीले भन्नुभयो । विश्व सञ्चारसंग कुरा गर्दै उहॉले गाउँपालिकामा जति विकास निर्माणको काम भएको छ । त्यो दिगो विकासको लक्ष्य अनुरुप छैन । हामी निर्वाचित भएपछि उत्पादनमूखि, स्वरोजगार, कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रमा दीर्घकालिन रुप लिने खालको काम गछा्ै लावतीले भन्नुभयो ।

लावती नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका साझा उमेद्धवार हुनुहुन्छ भने उपाध्यक्षको उमेद्धवारमा माओवादी केन्द्रबाट महेन्द्र बहादुर खड्का हुनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ