कुमार खड्का
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ३ हात्तीपोखरी गाउँ छेउमा फलाटे बस्ति छ । त्यहि बस्तिमा घाम र पानी थेग्न नसक्ने फुसको छानो भएको एउटा कच्ची घर छ । बाहिर आङगनमा ३ वटा बाख्रा बाधिएको छ, घर भित्र बाख्राको घाँस, लत्ताकपडा, अन्य सामाग्रीले घर भरिएको छ । त्यो घर हो बालकृष्ण दर्जीको।
हिड्न र बोल्न राम्रो संग सक्ने भएता पनि उनिमा मानसिक समस्या भएको प्रष्ट बुझ्न सकिन्छ । आफ्नो यकिन उमेर थाहा नभएका बालकृष्ण अहिले सम्म नागरिकता बिहिन छन् । नागरिकता नभएपछि राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट उनि बन्चित छन् । बालकृष्णले अहिले पनि एक दिनको ४ माना अन्नमा मजदुरी गर्दे जिवन यापन गर्दै आएका छन् । उनले गणतन्त्र, लोकतन्त्र, नेपालको संविधान जारी भएपछिको अवस्था समेत महसुष गर्न पाएका छैन्न। आफुलाई ६५÷७० बर्षको उमेर बताउने बालकृष्णले अहिले सम्म कसैले नागरिकता बनाउन पहल नगरिदिएको गुनासो गर्छन् ।
२०५२ सालमा बुबाको निधन भएपछि आमालाई पाल्दै आएका उनले केहि बर्षअघि आमालाई पनि गुमाउनुपर्यो, अहिले उनि एक्लै बस्दै आएका छन् । ५ जना दाजुभाई र २ दिदि बहिनि रहेको उनको परिवारमा उनि कान्छो छोरो हुन् । अन्य दाजुहरुको नागरिकता छ । जेठो दाजु बाहेक अहिले पनि ३ जना दाजुहरु जिवित छन्, तर पनि उनको नागरिकता बनाउन कसैले पहल गरेको पाईएन् । बालकृष्णका काईला दाजु दलबीर दर्जीले भने “कान्छोभाई बाहेक हामी सबैले नगरिकता बनाईयौँ, बुबाको निधन भएपछि त्यतिकै भयो, अनि हामी पनि आफ्नै ब्यावाहारमा लागेउ”
यता कुम्मायक गाउँपालिकाले भने बालकृष्णलाई लत्ताकपडा र खाध्य सामाग्री उपलब्ध गराएको छ । केहिदिन अघि गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती र उपाध्यक्ष महेन्द्रबहादुर खड्का सहितको टोलीले उनलाई तत्कालका लागि राहत सहयोग गरेको हो । पालिकाले जाडोमा लगाउने न्यानो कपडा, सिरक, चामल, नुनतेल, प्रधान गरको छ । पालिका अध्यक्ष लावतीले पालिकाले पहल गरेर बालकृष्णलाई नागरिकता दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै पालिका उपाध्यक्ष महेन्द्र बहादुर खडकाले बालकृष्ण जस्तै आवाज विहिनहरुको आवाज बोल्नकै लागि आफुहरु निर्वाजित भएको बताउनुभयो। पालिका भित्र रहेका नागरिताविहिन अन्य नागरिकलाई पनि नागरिकता दिलाउन पहल गर्ने उपाध्यक्ष खड्कले बताउनुभयो । बालकृष्ण जस्तै अन्य नागरिकका लागि पनि पालिका साथमा रहेको उहाँको भनाई रहेको छ ।
.png)