Comments Add Comment

अम्लिसोको मुल्य घट्न थालेपछी किसान चिन्तामा

पदम सुखी सम्बाहाम्फे

पाँचथर- गत बर्ष भन्दा यस बर्ष अम्लिसोको भाउ उच्च भएपनि अहिले भने अम्लिसोको मुल्यमा गिरावट आएर किसानहरु मार्कामा परेका छन । यस बर्षको शुरुमा प्रती किलो १ सय ५० रुपैयाँको दरले बिक्री भएको अम्लिसोको भाउ अहिले १ सय रुपैयाँमा मात्र किनबेच हुन थालेपछी आफुहरुलाइ घाटा सहनु परेको किसानहरुको दुखेसो छ । तर पनि अम्लिसोको भाउ सय रुपैयाँँ केजी भएपनी गत बर्षको तुलनामा अहिलेसम्म दोब्बरले नै बढी भएको कुम्मायक गाउपालिका ४ का नरमाया सम्बाहाम्फे बताउछिन । आफ्नो ३ जनाको परिवारलाई ८० देखि ९० केजी उत्पादन भएको अम्लिसो बेचेर ६ महिना सम्म खान पुग्ने चामल किनेको उनको भनाइ छ । अर्का किसान भक्त बहादुर सम्बाहाम्फेको पनि उहि अव्स्था छ , भाउमा गिरावट नआएको भए दुइ कुइन्टलसम्म अम्लिसो बेचेको पैसाले ६ महिनासम्म नुन तेल र चामलको गर्जो मजाले टारिने दनको भनाई छ।

कृषि शाखा यासोकको एकिन तथ्यांक नभएपनि १० हजार टन भन्दा बढी कुम्मायक गाउपालिका बाट अम्लिसो निर्यात हुने ब्यापारी बिरबहादुर पाण्डे बताउछन् । गाउँपालिकाको वडा नम्बर १ , २ , ४ र ५ अन्तर्गतका रानिगाउ , स्याबरुम्बा यासोक र माङ्जाबुङ देखि बर्षेनी निर्यात हुने अम्लिसो खेतीबाट करोड भन्दा माथी रकम यस क्षेत्रमा भित्रीने गरेको पिपलबोले बजार स्याबरुम्बाका अर्का व्यवसायी गोबिन्द पाण्डे बताउँछन् । गोडमेल नचाहिने तर ओसिलो र मलिलो माटोमा अम्लिसो खेती गर्न सके छिटै उत्पादन बढाएर मनग्गे आम्दानी लिन सकिने र अम्लिसोको फुल थुतेर घाँसले पशुपालन गर्न समेत सजिलो हुने किसानहरुको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ