Comments Add Comment

फाल्गुनन्द गाउँपालिकामा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दिपक दुलाल, माघ १९

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसेपञ्चमीमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुबिच पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ ।
सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुबीच ‘‘विद्यालय शिक्षाको गुणस्तर सुधारमा सरोकारवालाहरुले खेल्नुपर्ने भूमिका” शिर्षकमा  फाल्गुनन्द गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
वक्तृत्वकला प्रतियोगितामा सिद्धदेवी मावि,फाल्गुनन्द १, नवमीडाँडाकी विरता आङ्देम्बे प्रथम, सिद्धेश्वरी मावि फाल्गुनन्द १, सुर्केनागीकी सपना चापागाईं द्धितिय र जयनारायण आदर्श मावि फाल्गुनन्द ६, मेहेलबोटेकी सविता रिजाल तृतिय भएका छन् । 
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः ७ हजार ५ सय, ६ हजार र ४ हजार ५ सय रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
फाल्गुनन्द गाउँपालिका शिक्षा,यूवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रम शिक्षा शाखा प्रमूख बाबुराम राईले सञ्चालन गर्नुभएको थियो । प्रतियोगितामा फाल्गुनन्द गाउँपालिका भित्रका साामुदायिक तथा संस्थागत गरी ७ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । 
कार्यक्रम फाल्गुनन्द गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत निर्मल तुम्रोकको प्रमूख आतिथ्यता र जनकल्याण मावि फाक्तेपका प्रधानाध्यापक पूर्ण कुमार सदेम्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ