Comments Add Comment

विकासले फेरिएको खदी, अब सबै सुबिधा गाउँमै

हेमन्त केसी
सुर्खेत, २२ माघ

सामान्य उपचारका लागि हजारौ रकम खर्च गरेर सुर्खेत नेपालगन्ज जाने रुकुम पश्चिमको आठबिसकोट–३ खदी गाउँका बासिन्दा अहिले गाउँको स्वास्थ्य चौकी स्थापनासँगै उपचारमा सहजता भएको छ ।

गाउँमै उपचार हुननसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा चढेर काठमाडौं, दाङ, नेपालगन्ज लगायत शहरमा जानका लागि सडकको पहुँच भएपछि उहाँका स्थानीयबासीहरु खुसी भएका हुन ।  स्थानीय सरकार गठन अघि हिडेर सबै ठाउँमा जानुपर्ने बाध्यात रहेको सुनाउने  खदीगाउँबासीहरु अहिले बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुलीको पहुँच विस्तार भएपछि खुसी भएका छन्  । 

गाउँलाई अहिले राप्ति राजमार्ग जोडिएको छ । गाउँबाट पाटागाउँ, रक्दा र दाजे जोड्ने सडक निर्माण  भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसंगै खदीका सबै बस्तीहरुमा सडक पुगेको वडाअध्यक्ष केशरमान विकले बताए । पाँच वर्षमा खदी आउने मुख्य सडक सहित अन्य चार सडक निर्माण भएको अध्यक्ष विकले जानकारी दिए ।

वडाध्यक्ष विकले भने, ‘पहाड कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।’ सडक स्तरोन्नति गर्नसके गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सकिन्छ । त्यस्तै एक घर एक धारा, शौचालय, प्रत्येक टोलमा मोटरे बाटो, बिजुली, ढल निकास र विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा राम्रो विकास भएको उनले बताए । प्रत्येक घरमा खानेपानीको पु¥याउने लक्ष्यका साथ वडाले काम गर्दै आएको र  विद्यालयमा पक्की भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएको जानकारी दिए ।जनप्रतिनिधि आएपछी खदीको दैनिकी बदलिएको स्थानीय बताउछन् । 

नुन लिनलाई दुई दिनको बाटो हिडेर सदरमुकाम जानुपथ्र्यो । बीचबाटोमै बास बस्नुपर्ने बाध्यता थियो । स्थानीय धनिराम बुढाले भने, ‘अहिले नुनदेखि सुनसम्म घरमै आइपुग्छ । पानी पधेँरो जाँदा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ। यो भुगोलमा सुन्तला, स्याउ, आलु, कोदो लगायतका अन्नबालिका लागि उत्तम भएकाले आधुनिक कृषि प्रणालीको अवधारणा अघि सारिएको बताएको छ । टुकी र दीयोको भरमा चलेको गाउँमा बिजुली पुगेपछी गाउँ नै झिलिमिलि बनेको छ । टुकी र दियोका भरमा जीवन निर्वाह गर्दै आएका खदीमा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । खदीमा केन्द्रीय प्रसारण लाईन पुगेपछी बत्ति बलेको हो ।

विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यस क्षेत्रमा पहिलो वर्ष बत्ती बाल्ने योजना रहे पनि भौगोलिक विकताका कारण ढिलाइ भयो । खदीका सबै घरमा बिजुली विस्तार गरिएको वडा अध्यक्ष  विकले बताए । पाँच सय घरधुरी रहेको सो गाउँ पालिकाकै उत्कृष्ट विद्यालयदेखि व्यवस्थित गाउँभित्र पर्छ ।

पालिकाको केन्द्रदेखि खदीसम्म विस्तारित बिजुलीले गाउँको मुहार फेरिदै गएको छ । सौर्य उर्जा र टुकी, दियोको भरमा जीवन निर्वाहगर्दै आएका स्थानीयलाई बिजुली पुगेपछी राहत महसुल गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ