रमेश थापा
यासोक—पाँचथरको कुम्मायक गाउँपालिका-१ स्थीत यासोक बजारमा रहेको आकाश स्टोर्सका प्रोपाईटर सुरेश पौडेलले छोराको जन्मोउत्सवमा विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गर्नु भएको छ । छोरा आकाश पौडेलको १३ औं जन्मोउत्सवको अवसर कुम्मायक-१ को पृथ्वी माध्यमिक विद्यालयका ४१ विद्यार्थीलाई ब्याग झोला बितरण गर्नु भएको हो । विद्यालयमा आयोजित एक कार्यक्रम मार्फत २० हजार ५ सय मुल्यको ब्याग झोला बिद्यार्थीहरुलाई बतरण गर्नु भएको छ ।

विद्यालयको आधारभूत तहमा अध्यायन ४१ विद्यार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन पु¥याउने उदेश्यले ब्याग झोला बितरण गरेको पौडेलले बताउनु भयो । सो अवसरमा कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पौडेलको परिवारको प्रशंसा गर्नुभयो । जन्म दिन मनाउदा अनावश्यक क्षेत्रमा बढि खर्च गर्ने प्रवृति विरुद्ध पौडेलले उदाहणीय काम गरेर देखाएको लावतीको भनाइ थियो ।

विद्यार्थीलाई स्कुल ब्याग बितरण गरी सहयोग पु¥याएको भन्दै विद्यालय प्रशासनले पौडेललाई धन्यवाद—पत्र प्रदान गरेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का, कुम्मायक—१ का वडाअध्यक्ष तथा विद्यालय व्यावस्थापन समिति अध्यक्ष देबेन्द्रकुमार लावती, शिक्षक विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

.png)