यासोक—पाँचथरको कुम्मायक गाउँपालिकामा बुबाको किताब बिमोचन गरिएको छ । शुक्रवार कुम्मायक—४ रानीगाउँमा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल र गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले सयुक्त रुपमा बुबाको किताब बिमोचन गर्नुभएको हो ।
कुम्मायक—४ निवासी स्वर्गिय भुमिनन्द खतिवडाको जीवन भोगाईमा आधारित उहाँको बार्षिक पुण्य तिथिको अवसरमा बिमोचन गरिएको हो । खतिवडाको बार्षिक पुण्य तिथिको अवसरमा आयोजित तीन दिने श्रीमद भागवत ज्ञान महायज्ञका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल र गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले पुस्तकको बिमोचन गर्नुभएको थियो ।
बुबाको किताबमा स्वगीय भूमिनन्द खतिवडाले आफ्नो जीवनको भोगाइ, सघर्ष र अनुभवलाई समावेश गर्नुभएको छ । उहाले जीवनका भोगाइलाई नियमित लेख्ने र लेखेका बिषय बस्तुहरुलाई पुस्तकमा निकाल्ने ठुलो धोको रहेको स्मरण गदै छोरा डा.पद्यम प्रसाद खतिवडाले बुबाकै इच्छा अनुसार पुस्तक प्रकाशन गरेको बताउनुभयो ।
१ सय ८४ पेज लामो पुस्तकमा मुख्य चार खण्ड छन । पहिलो खण्ड स्मरण र इतिहास संग्रहित छन । दोस्रो खण्डमा लेख रचना संकलनहरु समावेश छन । तेस्रो खण्डमा परिवारका सदस्यहरुले बुबा शीर्षकमा लेखेका बिचार र लेखहरु समावेश गरिएको छ ।
पुस्तक बिमोचन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले गाउँ, समाज र राष्ट्रको लागि बुबाले पुर्याउनु भएको महत्वपूर्ण योग्दानलाई समेटेर पुस्तक प्रकाशन स्मरण गर्दै पुस्तकले समाजमा उज्यालो छर्ने विश्वास व्यक्त गर्नुुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता आचार्य, १ नं. वडा अध्यक्ष देबेन्द्रकुमार लावती लगायतको सहभागीता रहेको थियो । खतिवडाको १९९८ सालमा जन्म भई २०७७ साल कार्तिक २३ गते निधन भएको थियो । उहाँका रविन्द्र, पद्यम, राजु र सुरेन्द्र गरी चार छोरा छन् ।
.png)