कुमार खड्का
पाँचथर- प्रदेश १ की सांसद मैया श्रेष्ठ लावतीले राज्यबाट प्राप्त भएको पहिलो महिनाको सुविधाले ज्येष्ठ नागरिक आश्रमकालाई सहयोग उपलब्ध गराएकी छन्। लावतीले पाँचथरको फिदिम-२ स्थित ज्येष्ठ नागरिक आश्रमकालाई शनिबार खाद्यान्न एवं कपडा उपलब्ध गराएकी हुन्। उनले आश्रमका १८ जना ज्येष्ठ नागरिकका लागि ५ क्विन्टल चामल, नुन, तेल र मसलासँगै स्विटर, ट्राउजर र ट्र्याकसुट जस्ता वस्तु किनेर दिएकी छन् ।
सांसद श्रेष्ठ लावतीले सामाजिक सञ्जालमा लेख्नु भएको छ “म सांसद भएर राज्यबाट मैले सांसदको रूपमा पाएको पहिलो महिनाको सबै सेवा सुविधा आज जेष्ठ नागरिक आश्रम फिदिमका बृद्ध बुबा–आमा हरुलाई न्यानो कपडाहरु र खाद्यान्न समाग्री बितरण गर्ने कार्य सम्पन्न भएको छ”
सांसद श्रेष्ठ मंसिर ४ मा सम्पन्न निर्वाचनबाट समानुपातिक प्रणालीमार्फत पाँचथर प्रदेशसभा "ख" नेपाली काङग्रेसबाट प्रदेशसभा सदस्यमा चुनिएकी हुन् ।

.png)