Comments Add Comment

विश्व शान्तिको लागि सप्ताहब्यापी सेवाको कुम्मायकमा अन्तिम तयारी 

कुमार खड्का

पाँचथरको कुम्मायक गाउँपालिकाको प्रशिद्ध धार्मिक स्थल कुम्मायक मन्दिर (माङहिम) मा विश्व शान्तिको लागि सप्ताहब्यापी सेवाको अन्तिम तयारी तीब्र पारिएको छ।  विश्व शान्ति मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्गेन ताप्फेक सप्ताहव्यापि सेवाको अन्तिम चरणमा पुगेकोे हो । 


  
फागुन ५ गतेदेखि १२ गतेसम्म हुने सेवामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ’सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ पवित्रहाङ्मा साँबाको उपस्थितिमा “विश्व शान्ति मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेक सेवाको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।

कुम्मायक गाउपालिकास्थित प्रसिद्ध धार्मिक स्थल कुम्मायक मन्दिर (माङहिम) मा १ करोड ५० लाख १ हजार १ सय ८ दिप प्रज्वलन गरि सप्ताहव्यापि विश्व शान्ति मानव एकताका लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेक सेवा आयोजना गरिएको विश्व शान्ति मानव एकता सेवाका सह—कोषाध्यक्ष महेश कुमार सेर्माले बताएका छन ।
किरात धर्मगुरु र गुरुआमाको सेवा स्थलमा सावायेहाङ किरातको चोत्लुङ स्थापनाको लागि १७ फिट शिला स्थापना हुने आयोजक समितिका महासचिव मदन ईङनामले बताए ।  कुम्मायक मन्दिरमा (माङहिममा) सेवाभरि पानी र विधुतको अभाव सृजना हुन नदिन गाउँपालिले ब्यवस्था मिलाएको कुम्मायक गाउपालिकाका अध्यक्ष बमप्रसाद लाओतीको बताए। 
यसअघि आठराई गाउँपालिका र हिलिहाङ गाउपालिकाको संगमस्थल नक्कलेघाट तमोर नदिमा सावायेहाङ माङहुप वदेम्मा र फिदिम नगरपालिकाको सुमहात्लुङमा सेवा सम्पन्न भईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ