Comments Add Comment

तीन जिल्ला कमिटी बिघटन गरेर एमालेले तोक्यो अधिवेसन मिति

जनकपुर, ६ फागुन । नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ ।

जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी बिघटनको निर्णय गरेको हो । एमालेका अनुसार  बिघटित  जिल्लाहरुकाे अधिबेसन ताेकिएकाे छ । 

साथै्, सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

उनका अनुसार अधिवेशनको बेला बिवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिती विघटन गरिएको हो । जिल्ला अधिवेसन पछि नयाँ नेतृत्व आउनेछ ।

सो बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेश प्रदेश ईन्चार्ज रघुबिर महासेठ, सह ईन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरु सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली मधेस प्रदेशमा कार्यरत शिर्ष नेतृत्वको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ