रमेश थापा
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा भएको मा.वि स्तरिय हाजिरी जवाफ प्रतियोगिताको प्रथम पृथ्वी मा.वि यासोक भएको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तरर्गत समावेशिता बालक्लवका लागि संचालन भएको मा.वि.स्तरिय प्रतियोगिताको प्रथम पृथ्वी मा.वि यासोक भएको हो । गाउँपालिका भित्र रहेका ५ वटा विद्यालय मध्ये ४ विद्यालयले भाग लिएका थिए। सबै भन्दा बढि ११ वटा प्रश्न मिलाउदै सो विद्यालयले प्रथम पुरस्कार प्राप्त गरेको हो । त्यस्तै ९ वटा प्रश्नको सहि जवाफ दिदै दोस्रो पुरस्कार महेन्द्रदोय मा.वि स्याबरुम्बाले हात पारेको छ । त्यस्तै तेस्रो खाल्डे मा.वि. र सान्तवना सिद्ध मा.वि रानीगाउँ भएका छन्।
४८ प्रश्न मध्ये ३० वटा प्रश्नको विद्यार्थीले सही जवाफ दिएका थिए । खाल्डे मा.वि र सिद्ध मा.वि.ले ५ अंक प्राप्त गरेर बराबरी भएका थिए । पुन : ४ वटा प्रश्न मध्ये २ वटाको सहि जवाफ मिलाउदै खाल्डे मा.वि. ले तेस्रो पुरस्कार हात पार्न सफल भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो र कुम्मायक-१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले व्यावहारिक ज्ञान र सिपको अध्यायनका साथै जीवन उपयोगी सिपको कृयाकलापमा पनि ध्यान दिनु पर्नेमा जोड दिएका थिए। सोही अवसरमा कुम्मायक ४ का वडाअध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फे, करुणा फाउन्डेसन नेपाल पाँचथरका कार्यक्रम संयोजक केदार भण्डारी, स्वास्थ्य संयोजक केदार खडका, शिक्षा अधिकृत प्रदिपसिं तामाङ, शिक्षक, विद्यार्थी र पालिका कर्मचारीको सहभागिता रहेको थियो ।

.png)