रमेश थापा
पाँचथर : पाँचथरको फिदिम नगरपालिकाले अग्नी पीडित परिवारलाई राहत बितरण गरेको छ। फिदिम नगरपालिका १४ स्थित मन भक्त राईको परिवारलाई नगद र खाद्यन्य सहित राह्रत बितरण गरेको हो। पीडित परिवारलाई नगरप्रमुख मित्र प्रसाद काफ्लेले अत्यावस्यक खाद्यन, लत्ताकपडा, भाडाकुडा र नगद २५ हजार हस्तान्तरण गर्नुभयो।
जिल्ला प्रशासन कार्यालय पाँचथरले नगद दश हजार साहित लत्ता कपडा, नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखावाट भाडाकुडा सहितका सामाग्री, १४ नं. वडा कार्यालयवाट खाद्यान्न बितरण गरिएको थियो । राह्रत बितरण कार्यक्रममा नगर प्रमुख मित्र प्रसाद काफ्ले, उप प्रमुख राधाकृष्ण न्यौपाने, वडा नं १४ का वडाध्यक्ष राज कुमार नेम्वाङ, जिल्ला प्रशासन कार्यालय पाँचथरमा प्रतिनिधि संगम पौडेल समेतको उपस्थिति रहेको थियो । फागुन ५ गते वेलुका १० वजे आगलागी हुदा राईको घरमा रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको थियो ।
.jpg)
.png)