Comments Add Comment

मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे

उर्लाबारी (मोरङ), ९ फागुन :

मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्।

चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पु¥याएको स्थानीयले बताएका छन् । गए राति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पु¥याएका छन् ।

सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पु¥याएको छ । ––––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ