Comments Add Comment

फाल्गुनन्दमा हाजिरिजवाफ प्रतियोगिता, नलेज बोर्डिङ इङ्लिस् स्कूल प्रथम

दिपक दुलाल फागुन ९
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा फाल्गुनन्द १,नवमीडाँडाका विद्यालयहरुबिच हाजिरिजवाफ,चित्रकला तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
फाल्गुनन्द गाउँपालिका १ नं. वडाकार्यालय,नवमीडाँडाको आर्थिक सहयोग र सिद्धेश्वरी मावि सुर्केनागीको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो।
फाल्गुनन्द १,नवमीडाँडाका सामुदायिक तथा संस्थागत गरी ८ ओटा विद्यालयहरुबिच भएको आधारभूत तह (कक्षा १–५) स्तरीय हाजिरिजवाफ प्रतियोगितामा नलेज बोर्डिङ इङ्लिस् स्कूल प्रथम, सिद्धेश्वरी मावि सुर्केनागी द्धितिय र सिद्धेदेवी मावि नवमीडाँडा तृतिय भएका छन्।
यसैगरी आधारभूत तह(कक्षा ६–८) स्तरीय नृत्य प्रतियोगितामा सिद्धदेवी मावि  नवमीडाँडाकी आरती तामाङको समूह प्रथम, सोहि विद्यालयका सोनाम तामाङको समूह द्धितिय र सिद्धेश्वरी माविका सांयोग नेम्वाङको समूह तृतिय भएका छन्।
यस्तै मावि तह(कक्षा ९–१०) स्तरीय चित्रकला प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडाका सुवास चेम्जोङ प्रथम,सिद्धेश्वरी माविका महन नेम्वाङ द्धितिय र सिद्धेश्वरीकै वर्षा नेम्वाङ तृतिय भएका छन् । 
हाजिरिजवाफ,नृत्य तथा चित्रकला प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। यसैगरी प्रतियोगतामा सहभागि सम्पूर्ण विद्यालयहरुलाई मायाको चिनो उपहार तथा प्रशंसापत्र समेत प्रदान गरिएको सो विद्यालयले जनाएको छ।
 कार्यक्रममा फाल्गुनन्द १ नवमीडाँडाका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु,स्थानिय समाजसेवी बुद्धिजिवी,विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु,अभिभावकहरु,विभिन्न विद्यालयका विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।
 कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं.१,का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको प्रमूख आतिथ्यता,वडासचिव प्रदिप थापाको विशेष आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको थियो।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ