Comments Add Comment

यासोक क्याम्पस प्रमुखमा खवास नियुक्त

कुमार खड्का

यासोक- यासोक क्याम्पसको प्रमुखमा तिल बहादुर खवास नियुक्त भएका छन्। क्याम्पस संचालक समितिको मंगलवार बसेको बैठकले खवासलाई नियुक्त गरेको हो।

यसअघि प्रमुखको जिम्मेवारीमा रहनुभएका कर्ण बहादुर लावतीको उमेरहदका कारण २०७९ माघ १७ गते अनिवार्य अवकास प्राप्त गरेपछि यासोक क्याम्पसमा प्रमुख पद रिक्त थियो। माघ ११ गते देखि कार्यवहाक क्याम्पस प्रमुखको रुपमा क्याम्पस सम्हाल्दै आएका खवासलाई संचालक समितिले प्रमुखमा नियुक्त गरेको हो। 

२०६५ साल देखि निरन्तर शिक्षण सहायकको रुपमा अध्यापन गराउदै आएका खवास प्रमुखमा नियुक्त भएपछि शैक्षिक र भौतिक गुणस्तर थप  सुधार गर्ने बताएका छन। त्यस्तै उनले समयमा क्याम्पस लेवलको परिक्षा गराउने, क्याम्पसमा बिद्यार्थीको संख्या बढाउने बताएका छन। खवासले लेखा शास्त्रमा एम.बि.एस गरेका हुन। 

यासोक क्याम्पस त्रिभुवन बिश्व बिद्यालयबाट संबन्धन प्राप्त क्याम्पस हो। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ