Comments Add Comment

सन्दीप लामिछानेको निवेदनमाथि १५ औँ नम्बरमा सुनुवाइ

काठमाडौं, १२ फागुन । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दिएको निवेदनमाथि शुक्रबार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ । 

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । 

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि सुनुवाइ गर्न शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ । खतिवडाको इजलासको १५औँ नम्बरमा सन्दीपको निवेदनमाथि सुनुवाइ हुनेछ । 

लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ