Comments Add Comment

रेडक्रस सोसाईटी ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, १३ फागुन :

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङको सभापतिमा ईन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । आज सम्पन्न १२औँ अधिवेशनबाट गुरुङ पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको हो ।

रेडक्रसको १७ सदस्यीय कार्य समितिको महिला उपसभापतिमा देवीमाया कार्की, उपसभापतिमा सूर्यबहादुर लिम्बू, मन्त्रीमा विकास गौतम, कोषाध्यक्षमा दिनेश अधिकारी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत तथा मतदाता अधिकृत अर्जुन कार्कीले जानकारी दिनुभयो ।

उपमन्त्रीमा कमलप्रसाद भट्टराई र कोषाध्यक्षमा तेजबहादुर भट्टराई (खत्री) निर्वाचित हुनुभएको छ । यसैबीच ४०औँ जिल्ला वार्षिक साधारणसभा पनि आजै सम्पन्न भएको छ । यस जिल्लामा रेडक्रसका २४ वटा उपशाखा रहेका छन् । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ