Comments Add Comment

कांग्रेसको पहिलो क्षेत्रीय सभापति महिला

यासोकः नेपाली कांग्रेस पाँचथरको क्षेत्रिय सभापतिमा पहिलो पटक महिला सभापति निर्वाचित भएकी छन । पाँचथर ‘प्रदेश सभा ख’ को क्षेत्रीय सभापतिमा महिला नेतृ मैयाँ श्रेष्ठ(लावती) बहुमत सहित विजयी भएकी हुन ।
जम्मा ५ सय ०५ मध्ये ४९३ जनाले गरेको मत परिणाममा आफ्ना प्रतिश्पर्धी नरेन्द्र कुमार लामा लाई ६४ मतले पराजित गर्दै सभापति पदमा विजयी भएकी हुन । लामालाई ६४ मतको फराकिलो मतले पछि पार्दै श्रेष्ठ निर्वाचित भएकी हुन । लामाले २०९ मत र श्रेष्ठले २७३ प्राप्त गरेका थिए ।
त्यस्तै उप सभापतिमा जितेन्द्र भण्डारी, (तेजु) तेजवहादुर चेम्जोङ तथा सह सचिवमा ज्योती प्रभा भण्डारी र नरेन्द्र सेर्मा विजयी भएका छन । भने भरत तुम्वापो र भक्त लावती सचिवमा निर्विरोध निर्वाचित भएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ