Comments Add Comment

कुम्मायकमा आगलागीबाट ४४ लाख बराबरको क्षति

कुमार खड्का

यासोक -पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित सम्लेमा भएको आगलागीमा  ४३ लाख ७७ हजार बराबरको क्षतिभएको छ। बुधवार नजिकैको ओईलेनी जंगलमा लागेको आगो बस्तिमा पसेर २ घर र १ ग्वाली जल्दा उक्त रकम बराबरको क्षतिभएको हो। 

आगलागीमा परी मानभक्त बोहोरा र कमल बोहोराको ढुङगा माटोले बनेको टिनको छानो भएकोे २ तले घर र मदन बोहोराको ढुङगा माटोले बनेको टिनको छानो भएकोे १ तले ग्वाली जलेर पर्णूरुपमा क्षतिभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।

मानभक्त बोहोराको घर सहित  भित्र रहेको लत्ताकपडा अन्नपात, नगत २ लाख, सुन १ तोला आदि जल्दा २२ लाख ३० हजार ५ सय बराबरको क्षति भएको उनले जानकारी दिए। 
त्यस्तै कमल बोहोराको घर सहित अन्नपात लत्ताकपडा सुन ८ आना,नगद २५ हजार जल्दा ११ लाख ४७ हजार बराबरको क्षतिभएको छ। मदन बोहोराको ढुङगा माटोले बनेको टिनको छानो भएकोे १ तले ग्वाली जल्दा १० लाख बराबरको क्षतिभएको छ । मानभक्त बोहोरा र कमल बोहोराको घरमा २÷२ जनाको परिवार बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय यसोकबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले घरहरु जलिसक्दासम्म आगो नियन्त्रणका लागि अनवरत प्रयास गरेका थिए। 

यस्तै कुम्मायक गाउँपालिका १ साठीमुरेमा २२ गते सोमवार जंगलबाट सल्किएको आगो बस्तीमा पस्दा दुईवटा घर जलेका थिए। 
सोमबार साँझ पाँच बजे सुरु भएको आगलागीबाट स्थानीय वसन्तकुमार चाम्लिङ राई बस्दै आएको घर जलेर नष्ट भएका हुन् । आगो लाग्दा घरसहित त्यहाँ भित्रका अन्नपात, लत्ताकपडा नगद र सुन जल्दा २५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ