Comments Add Comment

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

मोरङ, २०७९ असार १५ गते ।

मोरङको बिराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका साँढे ५ बजे अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका बिराटनगर-६ का ४० बर्षीय  नारायण महत्तोलाई  चेकजाँच  गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका महतोको बयानको आधारमा लागुऔषध ओसार पसारमा सप्तरी हनुमाननगर-९ घर भई बिराटनगर-११ बस्ने २५ बर्षीय सुमन कुमार रायको समेत संग्लग्नता रहेको खुले संगै रायलाई सोही स्थानबाट  स ३ प ५१८४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको यो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरका सूचना समन्वय अधिकृतले जानकारी गराउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ