Comments Add Comment

ब्राउन सुगर सहित धनकुटाबाट १ जना पक्राउ

धनकुटा, २०७९ असार १७ गते ।

धनकुटा-धनकुटा नगरपालिका १ स्थित हिले मा.वि. अगाडी चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ बर्षीय गोबिन्द बिश्वकर्मा रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध ब्राउन सुगर १७० मिलिग्राम बरामद गरिएको थियो । पक्राउ परेका विश्वकर्माको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृतले बिश्चसञ्चार अनलाईनलाई  जानकारी गराउनुभएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ