Comments Add Comment

कुम्मायकको यासोक बजार सिसि क्यामेराको निगरानीमा

कुमार खड्का

यासोक- पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको छ। गाउँपालिकालाई अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन पालिकाको बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको हो यासोक बजारमा १० वटा  सिसि क्यामेरा जडान गरिएको छ। रानीगाउँ लाइनमा २ वटा, बजारको मुख्य चोकमा २ वटा भदौरे लाइनमा २ वटा, तल्लो बजार क्षेत्रमा ४ वटा सिसि क्यामेरा जडान गरिएको कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले जानकारी दिनुभयो। साथै कुम्मायक कुस्सायक मन्दिरमा परिसरमा समेत क्यामेरा जडान गरिएको उहाँको भनाई छ। पालिकाले सिसी क्यामेरा जडान गरेपछि यसको निगरानीको जिम्मा ईलाका प्रहरी कार्यालय यासोकलाई दिईएको छ।

आर्थिक बर्ष २०७९/०८० को बजेटबाट  सिसि क्यामेरा खरिद गरेर जडान गरिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावतीले बताउनुभयो। क्यामेरा जडान गरेपछि दुर्घना न्युनिकरण, चोरी डकैती न्युनिकरण अनैतिक क्रियाकलाप न्युनिकरणमा सहयोग पुग्ने उहाँको भनाई छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ