कुमार खड्का
यासोक-पाँचथरको कुम्मायक गाउँपालिकाको कार्यालय सारेको छ। गाउँपालिकाले प्रदेश सरकारबाट निर्मित आवसिय भवनमा आफ्नो कार्यालय सरेको हो।
यसअघि गाउँपालिकाको कार्यालय भाडाको घरमा बस्दै आएको थियो। भाडाको घरमा बस्दै आएको पालिकाको कार्यालयले मासिक ९० हजार तिर्दे आएको थियो। अव भने पालिकाको घरभाडा बापतकोे रकम वचत हुने कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावतीले बताउनुभयो।
नयाँ कार्यालयबाट पालिकाले नागरिकलाई दिने सेवामा थप सहयोग पुग्ने प्रमुख प्रशासकीयअधिकृत देवि तुम्बापोले बताउनुभयो।
केहि दिन अघि बसेको कार्यपालिकाको बैठकले कार्यालय सार्ने निर्णय गरेको थियो। गाउँपालिकाले शहरी विकास तथा भवन कार्यालय ईलामबाट सहमति लिई आवसिय भवन विना शर्त प्रयोग गर्न लागेको पालिकाले जानकारी गराएको छ। कोशी प्रदेश सरकारको सहयोगमा निर्मित आवसिय भवन स्वामिनारयण जे.भी ले निर्माण गरिरहेको छ। भवन अब अन्तिम चरणमा पुगेको छ। आवश्यक प्रक्रिया पुरा गरेर छिट्टै भवन जिम्मा लगाउने निर्माण कम्पनीले जनाएको छ।
.png)