मनोज थापा
पाँचथर- राष्ट्रिय जनगणना अनुसार फिदिम नगरपालिकाको जनसंख्या ४८ हजार ४ सय पन्चानाब्बे पुगेको छ। नगरपालिकाको बार्षिक जनसंख्या वृद्धिदर -०१४ अर्थात ७ सय छ ले घटेको हो यसअघि २०६८ को जनगणनामा फिदिम नगरपालिकाको जनसंख्या ४९ हजार २ सय १ रहेको थियो। भने १० हजार नौ सय चौरानब्बे परिवार संख्या रहेको थियो।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन अनुसार फिदिममा २३ हजार ६ सय ऊनासी अर्थात् (४८.८३ प्रतिशत) पुरूष र २४ हजार ८ सय सोह्र अर्थात् (५१.१७ प्रतिशत) महिला छन्। यसरी नै परिवार संख्या १२ हजार ३ सय छतिस, परिवारको औसत आकार ३.९३, लैङ्गिक अनुपात ९५.४२, जनघनत्व २५२, जम्मा साक्षरता दर ८३.७२ प्रतिशत जसमा ८९.४९ प्रतिशत पुरुष र महिला ७८.२४ प्रतिशत महिला साक्षरता रहेका छन्।
राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्।
राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
.png)