Comments Add Comment

कम्युनिष्ट एकताको पक्षमा छौ -मन्त्री आङ्बो

रमेश थापा पाँचथर

पाँचथर । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको बताएका छन । उनले क्रान्तिकारी रुपान्तरण सहितको कम्युनिष्ट एकताको पक्षमा रहेको बताएका हुन । पाँचथरको फिदिम नगरपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले कम्युनिष्ट पाटी भित्रको प्रवृतिका कारण लोकतन्त्र र संविधानको रक्षाको निम्ती गठबन्ध सरकार बनेको प्रष्ट पारे । 
अब हुन लागेको तीनै तहको निर्वाचनमा गठबन्धन सरकारले मिलेर चुनाव लड्ने दावी गरे । केपी ओलीबाट लोकतन्त्र, संविधान र व्यवस्थामाथी हमला भएको स्मरण गर्दै समग्र देशलाई सही दिसामा नल्याएसम्म यो गठबन्धन जारी रहने स्पष्ट पारे । यसै बीच जिल्लाको समग्र विकासको लागि १० वर्षे कार्य योजना सहितको पुस्तक समेत बिमोचन गरिएको थियो । 
प्रथम नगर अधिवेशमा पाटीका लेखा आयोगका केन्द्रिय सदस्य नरबहादुर दुलाल, प्रदेश सभा सदस्य सिता थेवे र प्रदेश कमिटी सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकिय सचिव हर्क नेम्वाङ मिक्सो लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ