दैलेख। दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारी हटाएको विषयलाई लिएर प्रदर्शन हुँदा गोली चलेको छ । शुक्रबार करार कर्मचारी हटाएको विषय लिएर करार कर्मचारीहरुले गाउँपालिकाकाे कार्यालय नजिकै प्रदर्शन गर्दा आन्दाेलन उग्र भएपछि प्रहरीले गाेली चलाएकाे हाे ।

प्रदर्शन निणन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाउँन बाध्य भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले गोली चलाउदा तीन जना घाइते भएको जानकारी दिएका छन् । घाईतेमध्ये वडा नम्बर १ का कार्यालय सहयोगि बखत खत्री घाईते भएका छन् । अन्यकाे पहिचान भने खुलेकाे छैन् । घाइतेहरुलाई थप उपचारकाे लागि सुर्खेत पठाइएकाे छ । घटनाकाे थप विवरण भने आउन बाँकी छ ।

.png)